नयाँ वर्ष २०७३ को शुभकामना तथा चियापान कार्यक्रम

 

फ्रेण्ड्स क्लब कोपुण्डोलद्धारा आयोजित नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं राष्ट्रले, फुटबल वर्ष खेलाडी २०७३ बाट सम्मानीत यस क्लबका पूर्व खेलाडी श्री राजु तामाङको सम्मान कार्यक्रम शहरी विकास मन्त्री माननीय श्री अर्जुन नरसिंह के.सी.ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

यस क्लका वरिष्ठ उपाध्क्ष श्री पवन श्रेष्ठज्यूद्धारा स्वागत मन्तव्य व्यक्त गर्दै आगन्तु सबैलाई स्वागत तथा धन्यवाद दिनु भयो ।।
उक्त कार्यक्रमामा क्लबको विध्यमान कार्यक्रम तथा भावि कार्यक्रमको प्रगति वारे सचिव श्री महेन्द्र प्रसाद जोशीले प्रकाश पार्नु भयो । क्लब भनेको सामाजिक संस्था हो, यस्ता सामाजिक संस्थाले जिम्मा लिएर यु.एन.कै योज
ना र संरचनालाई पूर्णरुपले पालना

गरेको खण्डमा क्लब बाहेक अरु विकल्प नहुने कुराको जिकिर पनि गर्नु भयो । सरकारको तर्फबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नु भयो ।

ललितपुर क्षेत्र नं. ३ का सांसद श्री मदन बहादुर अमात्यले क्लबले लिएको लक्ष्य अनुसार सामाजिक कार्य तर्फ इंगित गर्दै बागमती किनारमा अवस्थित यु.एन. पार्क संरक्षणको जिम्मा क्लबलाई नै दिनु पर्ने सुझाव व्यक्त गर्नु भयो ।
ललितपुर क्षेत्र नं. १ का सांसद श्री
उदय शम्शेर राणाले क्लबको उत्तरोत्तर प्रगतीको कामना गर्नुको अलवा क्लबको सामा
जिक कार्य तर्फको योजनालाई कार्यान्वयन गर्न लागि पर्ने वचन वद्धता प्रस्तुत गर्नु भयो ।

 

प्रमुख अथिति माननीय शहरी विकास मन्त्री श्री अर्जुन नरसिंह के.सी.ले यु.एन. पार्क क्षेत्रकोे जग्गालाई एएए मोेडेलमा विकास गर्न आवश्यक भएको भनाई राख्नुको अलवा क्लबको योजना अनुसार पार्क संरक्षणको जिम्मा दिन प्राथमिकता दिइने विचार व्यक्त गर्नु भयो ।
क्लबद्धारा सम्मानित फुटबल खेलाडी श्री राजु तामाङले दुई शब्द राख्ने क्रममा – क्लबले गरेको सम्मानबाट अति गौरववान्ति भएको भनाई राख्नु भयो साथ साथै आफुलाई सफल हुनुमा यो क्लब, तथा अग्रज खेलाडीहरुका साथ–साथै माता पिताको प्रेरणा प्रति आभार व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा यस क्लबका पूर्व खेलाडी तामाङलाई क्लबको तर्फबाट प्रदान गरिएको सम्मान पत्र र नगद रु. १०,०००।– प्रमुख अतिथि श्री शहरी विकाश मन्त्री श्री अर्जुन नरसिंह के.सी. ले हस्तान्तरण गर्नु भयो ।

क्लबका अक्ष्यक्ष श्री राजीव राज पौड्यालले क्लबको उद्देश्यलाई लक्ष्य सम्म पुरयाउन यो कार्य समिति पूर्णरुपमा लागिपर्ने विचार व्यक्त गर्नु भयो ।

हिजोका दिनमा यस क्लब तथा ललितपुरवासीहरुले गरेको कार्यहरुको प्रशंसा पनि गर्नु भयो । हाल काठमाडौमा समस्याको रुपमा देखिएका सुकुम्वासीहरुको वस्ती ललितपुरमा नदेखिनु भनेको ललितपुरवासी तथा यस क्लबको मूख्य भुमिका रहेकोमा प्रशन्नता व्यक्त गर्नु भयो ।
यस क्लबका आजिवन सदस्य श्री चाँद शम्शेर राणाज्यूले ललितपुर वडा १ र १० मा घर नम्बर राखि व्यवस्थित गर्ने वारे श्रव्यदृष्य प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवसरमा शहरी विकास मंत्रालयका सचिव श्री दिपेन्द्र नाथ शर्मा, यु.एन.पार्क विकास समितिका कार्यकारी अधिकृत श्री लक्ष्मी नारायण चौधरी, अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री नरेन्द्र श्रेष्ठ, उच्च स्तरिय बागमती सभ्यता एकिकृत विकाश समितिका प्रमुख श्री किशोर शाक्य, निर्वाचन आयुक्त श्रीमती इला शर्माको उपस्थिती थियो ।

About the author: friendscluborg

Leave a Reply

Your email address will not be published.