फ्रेण्ड्स क्लब ४६ वर्षमा प्रवेश

फ्रेण्ड्स क्लब कोपुण्डोल आउँदो २०७४ जेष्ठ ३ गते आफ्नो ४६ वर्ष गाँठ बनाउँदै छ । धेरै आरोह–अवरोह पार गर्दै क्लबले आफनो ४५ वसन्त पार गरि ४६ वर्षमा प्रवेश गर्न लागेको छ ।

उक्त अवसरमा बृहत कार्यक्रम प्रस्तुत गर्नै भन्ने निणर्य क्लबका पदाधिकारीहरुबाट जानकारी प्राप्त भएको छ ।

क्लबले २७ गते फ्रेण्ड्स लेट्स प्ले टुगेदर अगेन भन्ने नाराको साथ पुराना साथीहरुलाई एकजुट गर्न उमेर समूह अनुसारको फुटबल खेल ईन्जिनीरिङ् कलेजमा बिहान ८ बजे देखि सुरु हुने कार्यक्रम तय गरेको छ ।


ईच्छुक व्यक्तिले रु १०००।– तिरि फुटबल खेलमा सहभागी हुन सक्ने छन् । पारिवारिक सहभागी जनाउनेका लागि प्रति व्यक्ति रु. ३०० थप हुनेछ ।
सहभागी १ जनालाई टि–सर्ट, क्याप, ब्रेक फास्ट, तथा खानाको व्यवस्था हुनेछ ।

वर्ष गाँठको अवसरमा मितिः २०७४।०२।०३ गते क्लब तथा वडा १ र १०का टोलवासीलाई समेटर वाकाथोन कार्यक्रम गर्ने तय भएको छ ।

बागमती कोरीडोरमा रहेको यु.एन. पार्कलाई क्लबले संरक्षण गर्ने भन्ने पुर्व घोषणा अनुसार उक्त ठाँउमा उपयुक्त जातका वृक्षारोपण गर्ने कार्यक्रम पनि जानकारी गराउनु भयो ।

वृक्षारोपण आफ्नो वा पितृको नाममा रोपण चाहनेहरुका लागि विशेष अभियान थालिएको छ । रुखलाई आफ्नो नाम वा पितृको नाममा राख्न र यस क्लबले संरक्षण गर्न चाहनेले शुल्क तिरी नाम राख्ने सक्नेछन् ।

About the author: friendscluborg

Leave a Reply

Your email address will not be published.